वीरगञ्ज । भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्य ले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन्।
जनकपुरधाम मा जानकी नवमी को अवसरमा भ्रमणका क्रममा उनले नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो अनुभूति हुने बताउँदै कुनै पनि देशमा निर्भर नहुन नेपाल सक्षम हुनुपर्ने धारणा व्यक्त गरे।
उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह को कार्यशैलीप्रति आलोचना गर्दै राजनीतिक र प्रशासनिक अनुभवको कमी देखिएको टिप्पणी गरे। साथै, भारतप्रतिको दृष्टिकोण सकारात्मक र सन्तुलित हुनुपर्नेमा जोड दिँदै अनावश्यक भारतविरोधी धारणा उचित नभएको बताए।
रामभद्राचार्यले नेपालमा हिन्दुत्वप्रतिको आकर्षण र सांस्कृतिक मूल्यप्रति सम्मान आवश्यक रहेको उल्लेख गर्दै देशमा बढ्दो धर्मान्तरणप्रति चिन्ता व्यक्त गरे।
यसैगरी, उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि राखेका छन्।