×

वीरगञ्ज । नयाँ वर्षको अवसर पारेर वीरगञ्जमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला आयोजना हुने भएको छ । वैशाख ११ गतेदेखि १७ गतेसम्म वीरगञ्जस्थित आइसीपी कस्टम गेट (ड्राइपोर्ट) मा सञ्चालन हुने उक्त मेलामा ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरिएको छ ।

टीभीएस मोटरसाइकलका लागि वीरगञ्जको आधिकारिक विक्रेता गायत्री निशान टू ह्विलर प्रालिद्वारा आयोजित एक्सचेन्ज मेलामा टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरूमा विशेष छुट तथा सुविधा उपलब्ध गराइने जनाइएको छ ।

एक्सचेन्ज मेलामा सहभागी हुने ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क पेट्रोल, प्रत्येक दिन ५ लाख रुपैयाँसम्म क्यास छुट, साथै निःशुल्क हेलमेट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरूको सहजताका लागि न्यूनतम मासिक किस्ता (ईएमआइ) २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने व्यवस्था गरिएको छ ।

फाइनान्स प्रक्रियालाई समेत सहज बनाउँदै नागरिकता मात्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

नयाँ वर्षमा सवारी साधन खरिद गर्न चाहनेहरूका लागि टीभीएस समार्ट एक्सचेन्ज मेला उपयुक्त अवसर हुने विश्वास लिइएको छ । इच्छुक ग्राहकहरूले वीरगञ्जस्थित आइसीपी ड्राइपोर्टमा पुगेर अफरको लाभ लिन सक्नेछन् ।

थप जानकारीका लागि ९८२०७५१६५२, ९८०२९९४१०१, ९८०१७५६१४६ र ९८०६८४०७१४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Back to top