×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधवार तोलामा ८०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । 

हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ । 

मङ्गलवार पाँच हजार १६० रुपैयाँ थियो ।

Back to top