वीरगञ्ज । प्रहरीले पूर्व मन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।
सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
पाण्डेलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले पुष्टि गरे ।