×

दक्षिण भारतीय सुपरस्टार राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ प्रदर्शन अगावै चर्चामा छ । बुची बाबु सनाको निर्देशनमा बनिरहेको फिल्म  स्पोट्र्स एक्सन ड्रामामा बन्न लागेको हो । भारतीय मिडियाका अनुसार फिल्ममा अभिनेत्री श्रुति हासन भित्रिएकी छन् । 

रिपोर्ट अनुसार फिल्ममा एउटा आइट नृत्यका लागि उनी भित्रिएकी हुन् । गीतको छायाङ्कन सन् २०२६ अप्रिल २६ देखि हैदराबादमा सुरु हुने सम्भावना छ ।

यसअघि यो गीतका लागि अभिनेत्री मृणाल ठाकुरको चर्चा थियो । तर पछिल्लो जानकारी अनुसार मृणालले केही कारणवश यो प्रोजेक्टबाट हात झिकेपछि निर्माण टोलीले श्रुति हासनलाई प्रस्ताव गरेको हो ।

फिल्म ‘पेद्दी’ क्रिकेट प्रतियोगिताको कथामा आधारित रहेको बताइएको छ। यसमा राम चरण मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री जान्हवी कपुरको पनि अभिनय छ। फिल्ममा शिव राजकुमार, दिव्येंदु शर्मा, जगपति बाबु र बोमन इरानी जस्ता कलाकारहरूको पनि अभिनय छ । फिल्ममा ओस्कार विजेता सङ्गीतकार ए.आर. रहमानले सङ्गीत भरेका छन् । फिल्मको प्रदर्शन मिति आगामी जुन २५ बताइएको छ ।

Back to top