×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । स्थानीय बजारमा मङ्गलवार (वैशाख १५) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन सोमबार (वैशाख १४) छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top