×

अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अन्डा फेला पारेका छन्।

करिब सात करोड वर्ष पुरानो मानिएको यो अन्डा बोनापार्टेनिकस नामक सानो मांसाहारी डाइनोसरको हो।

यो खोजलाई वैज्ञानिक जगत्मा एउटा चमत्कार मानिएको छ। किनभने मांसाहारी डाइनोसरको अन्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन्।

मुख्य अनुसन्धानकर्ता डा। फेडेरिको एगोलिनका अनुसार बालुवाको विशेष अवस्थाले गर्दा यो अन्डा नफुटिकन जोगिएको हो। रियो नेग्रो प्रान्त, जसलाई वैज्ञानिकहरूले ‘प्रागैतिहासिक नर्सरी’ को संज्ञा दिएका छन्, त्यहाँ अन्य घस्रने जन्तु र स्तनधारी प्राणीका अवशेष पनि भेटिए। यस क्षेत्रमा भेटिने अन्य अवशेष टुक्रिएका भए पनि यो अन्डा पूर्ण अवस्थामा छ।

वैज्ञानिकहरूले यसभित्र डाइनोसरको भ्रूण ९बच्चा० हुन सक्ने बलियो सम्भावना व्यक्त गरेका छन्। यस अन्डाको बनोटले मांसाहारी डाइनोसरको विकास र आधुनिक चरासँग उनीहरूको सम्बन्धबारे महत्त्वपूर्ण जानकारी दिने छ।

वैज्ञानिक टोलीले अब यस अन्डाको स्क्यान गरेर भित्र रहेको वस्तुको अध्ययन गर्ने छन्। त्यसपछि यसलाई पाटागोनियाकै एक सङ्ग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिने छ।

Back to top