×

वीरगञ्ज । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । 

यातायात व्यवस्था विभागका अनुसार मंगलबारको मन्त्रीस्तरको निर्णयपछि सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको छ  । 

यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । 

डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

3.png

Back to top