×

वीरगञ्ज । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ४ सय सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १३५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

Back to top