×

आइपीएलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको छ। 

धर्मशालामा पञ्जावले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

दिल्लीको जितमा कप्तान अक्षर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए। 

पञ्जावका बलर यश ठाकुर र अर्शदीप सिंहले २–२ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१० रन बनाएको थियो। पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए।

जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जितेपनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ। 

पञ्जावको भने यो लगातार चौथो हार होर  पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ।

प्रतियोगितामा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ।

Back to top