×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा सञ्चालन भएको गहवा क्रिकेट टुर्नामेन्टको समापन गरिएको छ। प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष रितेश गुप्ता ले विजेता तथा सहभागी खेलाडीहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गर्दै प्रतियोगिताको औपचारिक समापन गरेका हुन्।

आज सम्पन्न फाइनल खेलमा गहवा ठन्डर्सलाई पराजित गर्दै पानीटंकी गोर्खाली टोलीले विजयी शिल्ड हात पार्न सफल भएको हो। प्रतियोगितामा वडा स्तरका आठ टोलीहरुको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा वडा सचिव राजकुमार गुप्ता, ठाकुरराम क्याम्पसका कन्हैया झा, कुर्बान हवारी, सुनिल शर्मा, गफार हवारी, ओम महतो, अली असगर लगायत समाजसेवी, वडावासी, अभिभावक तथा खेलाडीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

टुर्नामेन्ट सहयोगी संस्था युडी बाइ सेफ कम्प्युटर एजुकेशनका बंशीधर गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सिच्युट टिमको सहकार्य रहेको थियो भने मिडिया पार्टनर यूटीभी नेपाल र यात्रा डेली रहेका थिए। कार्यक्रमको उद्घोषण सद्दाम हुसेनले गरेका थिए।

Back to top