×

वीरगञ्ज । सरकारले संविधान संशोधनका लागि गठन गरेको “संविधान संशोधन बहस पत्र तयार कार्यदल” ले छलफलका लागि थप २० जना जेन–जी युवाहरूलाई आमन्त्रण गरेको छ । उक्त सूचीमा पर्साबाट तीन जना युवा परेका छन् ।

गत वैशाख ३० गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले थप २० जना जेनजी युवाहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन् ।

कार्यदलका सदस्य सचिव लिलाधर सुबेदीका अनुसार उनीहरूलाई आज (शुक्रवार) साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि बोलाइएको छ ।

संविधान संशोधनका लागि तयार पारिने बहस पत्रमा युवाहरूको धारणा, सुझाव तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जेनजी युवाहरूलाई छलफलमा आमन्त्रण गरिएको सुबेदीले जानकारी दिए ।

सरकारले संविधान संशोधन सम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न क्षेत्रका युवा, विज्ञ तथा सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेको बताइएको छ ।

Back to top