×

सिराहा । सशस्त्र प्रहरी बल नेपालले नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा पर्नेमा सोही स्थानका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादव रहेका छन्। उनीहरूलाई नं. ७ गण सिराहाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो।

स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको कस्मेटिक सामग्री, टुथपेस्ट तथा २ सय ६० केजी ओखरसहितको सामान विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ रहेको छ भने ट्रकको अनुमानित मूल्य २१ लाख रुपैयाँ रहेको बताइएको छ।

नियन्त्रणमा लिइएका दुवै जना ट्रकका चालक र सहचालक रहेको जनाइएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरी लाई बुझाइएको छ भने बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Back to top