वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आइतबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ । जीतसँगै दिल्लीले आफ्नो प्ले अफ सम्भावना कायम राखेको छ ।
जितपछि दिल्लीको १२ अङ्क भएको छ र सातौँ स्थानमा छ । राजस्थान पनि समान १२ अङ्कमै रहेको छ र छैटौँ स्थानमा छ ।
नयाँ दिल्लीमा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले ५३ र कप्तान रायन परागले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
जवाफमा दिल्लीले १ सय ९४ रनको लक्ष्य सफलतापूर्वक पछ्याउने क्रममा पाँच विकेटमा १ सय ९७ रन बनाएको थियो । त्यसमा अभिषेक पोरेलले ५१ र केएल राहुलले ५६ रनको योगदान गरे ।