वीरगञ्ज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्विडेनको सर्वोच्च नागरिक सम्मान ‘रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ बाट सम्मानित भएका छन् ।
यो सम्मान स्विडेनले कुनै पनि देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई प्रदान गर्ने सर्वोच्च सम्मान हो । स्विडेनको ग्योथेनबर्ग सहरमा आइतबार आयोजित एक विशेष समारोहका बिच प्रधानमन्त्री मोदीलाई यो प्रतिष्ठित पदक प्रदान गरिएको हो ।
प्रधानमन्त्री मोदीको कार्यकालमा उनले प्राप्त गरेको यो ३१औँ अन्तर्राष्ट्रिय सम्मान हो । यो प्रतिष्ठित सम्मान पाउने मोदी विश्वकै प्रमुख नेताहरूमध्ये एक बनेका छन् । सम्मान समारोहमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन लगायत उच्च नेतृत्व र प्रतिष्ठित राजनेताहरूको उपस्थिति रहेको थियो ।
‘रोयल अर्डर अफ द पोलर स्टार’ को सुरुवात सन् १७४८ मा भएको थियो । यो सम्मान स्विडेन वा स्विडेनको हितका लागि विशिष्ट योगदान पुर्याउने, सार्वजनिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने र आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउने व्यक्तित्वहरूलाई प्रदान गरिन्छ ।