सांकेतिक तस्वीर
वीरगञ्ज । बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्सा ले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–११ निवासी ४५ वर्षीय प्रमोद कुमार ठाकुर लाई विशेष सूचनाको आधारमा बिहीबार बिहान करिब ७ बजे आफ्नै निवास क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
पर्सा जिल्ला अदालत को फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ९ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । उनी फैसला कार्यान्वयनको क्रममा फरार रहेका थिए ।
उक्त पक्राउ कारबाही वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको टोलीले गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जानकारी दिएको छ ।