वीरगञ्ज । सनराइजर्स हैदरावादले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ५५ रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको २५६ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।
यस खेलको नतिजाले अङ्क तालिकामा भने कुनै फरक परेको छन् । जितका बाबजुद सनराइजर्स हैदरावाद १४ खेलमा १८ अङ्कसहित तेस्रो हुँदै लिग चरण समाप्त गरेको छ ।
हारपछि पनि बैंगलुरु १४ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा कायम रहँदै प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १८ अङ्क नै रहेको गुजरात दोस्रो हुने निश्चित भएको छ ।
अब बैंगलुरु र गुजरातबिच पहिलो क्वालिफायर्स खेल हुने छ ।