×

वीरगञ्ज । फार्मा क्लब वीरगञ्ज तथा नेपाल फार्मास्युटिकल एसोसिएसन, मधेश प्रदेश आयोजक समितिको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको समापन समारोह मंगलबार राति वीरगञ्जस्थित ज्ञानदा एकेडेमी मैदानमा भव्य रूपमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा नेपाल फार्मास्युटिकल एसोसिएसनका पूर्व अध्यक्ष शशिकान्त चौधरी तथा समर फार्मा कम्पनी प्रा.लि.का अपरेसन डाइरेक्टर आशिष ठाकुरको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा फार्मा क्लब वीरगञ्जका अध्यक्ष निरज कुमार गिरी, उपाध्यक्ष रमन भुरेर यादव, नेपाल फार्मास्युटिकल एसोसिएसन मधेश प्रदेशका अध्यक्ष शशिकान्त ठाकुर, सचिव युगल किशोर शरण तथा कोषाध्यक्ष आशुतोष चौरसियालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी टोली, खेलाडी, व्यवस्थापन टोली, सहयोगी संस्था, मुख्य प्रायोजक, सह–प्रायोजक तथा दर्शकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

समितिका अनुसार उक्त प्रतियोगिताले खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य तथा उत्साह अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

Back to top