वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल)को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान बनाएको छ ।
गएराति मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह रङ्गशालामा पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा हैदरावाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो ।
जितसँगै राजस्थानले अब भोलि (शुक्रवार) हुने क्वालिफायर २ मा गुजरात टाइटन्सको सामना गर्नेछ । उक्त खेलको विजेताले मे ३१ मा अहमदावादमा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।