सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै अपग्रेड गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सजिलो किस्ता सेवाको लाभ लिन सक्नेछन्। अभियानअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ता सुविधा पनि पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो मोबाइल दिएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस पाउने व्यवस्था गरिएको सामसङले जनाएको छ।
सामसङले विभिन्न मोडेलमा निश्चित छुटसमेत उपलब्ध गराएको जनाएको छ। ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस, एस २६ प्लसमा २३ हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ बोनस, एस २६ मा १० हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ बोनस र ग्यालेक्सी ए ५७ र ए ३७ मोडेलमा ५–५ हजार रुपैयाँ छुट तथा ५–५ हजार रुपैयाँ एक्सचेन्ज बोनस दिइने कम्पनीले जनाएको छ ।