वीरगञ्ज । राष्ट्रिय सद्भावना पार्टी नेपाली काँग्रेस मा समाहित भएको छ । आइतबार सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममार्फत दुई पक्षबिच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
समायोजन सहमति कार्यक्रममा काँग्रेस नेता गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिल झाबिच सहमति भएको हो । सो अवसरमा सहमति पत्रमा औपचारिक हस्ताक्षर गरिएको बताइएको छ ।
अनिल झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट १ बाट नेपाली काँग्रेसको तर्फबाटै उम्मेदवार बनेका थिए ।
कार्यक्रममा काँग्रेसका महामन्त्री प्रदीप पौडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो। समायोजनपछि राष्ट्रिय सद्भावना पार्टी काँग्रेसको सङ्गठनात्मक संरचनामा समाहित हुने बताइएको छ ।