×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक पदमा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी नियुक्त भएका छन् ।

जसपा नेपाल मधेस प्रदेश सभा संसदीय दलका नेता सरोज कुमार यादवले जेठ १५ गते एक आधिकारिक पत्र जारी गर्दै कुर्मीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् ।

संसदीय दलका नेता यादवद्वारा हस्तान्तरित पत्रमा भनिएको छ, “जनता समाजवादी पार्टी, नेपाल मधेस प्रदेश सभा संसदीय दलको विधान बमोजिम तपाईँलाई प्रमुख सचेतक पदमा नियुक्त गर्दछु । प्रमुख सचेतक पदमा नियुक्त हुनु भएकोमा तपाईँलाई हार्दिक बधाई सहित सफल कार्यकालको कामना गर्दछु ।”

संसदीय दलको कार्यालयबाट जारी गरिएको उक्त नियुक्तिको बोधार्थ मधेस प्रदेश सभा सचिवालय, जनकपुरधामलाई समेत पठाइएको छ । प्रमुख सचेतकमा नियुक्त कुर्मी मधेस प्रदेश सभाका प्रभावशाली नेता हुनुहुन्छ ।

Back to top