×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ स्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयमा शुक्रवार एक समारोहबीच यस शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालय परिसरमा बिहान आयोजित स्वागत समारोहसँगै युकेजीका विद्यार्थीहरूको ग्रयाजुएसन सेरेमोनी पनि सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन प्रधानाध्यापक डा. दीपेन्द्र चौधरीले गरेका थिए । समारोहमा विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

विद्यालयका सञ्चालक निर्देशक डा. उमेश चौरसियाले यस वर्ष नर्सरीदेखि कक्षा ८ सम्म करिब १८० भन्दा बढी नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिए । “हामी विद्यार्थीहरूको चौतर्फी विकासका लागि गम्भीर र सूक्ष्म रूपमा लागिरहेका छौं,” उनले भने, “किताबी ज्ञान मात्र नभई नैतिक शिक्षा, अनुशासन र व्यावहारिक सीप विकासमा पनि विद्यालयले विशेष जोड दिएको छ ।”

प्रधानाध्यापक डा. दीपेन्द्र चौधरीले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । “हामीले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन हुने अवसर प्रदान गरिरहेका छौं,” उनले भने, “शिक्षासँगै संस्कार र संस्कृतिको विकास हाम्रो प्राथमिकता हो ।”

कार्यक्रममा अभिभावक तथा शिक्षकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रममार्फत विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने योजना रहेको छ ।

Back to top