वीरगञ्ज । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरिएको छ । गृहमन्त्री सुधन गुरुङको शुक्रवारको निर्णयअनुसार सरुवा गरिएको हो ।
सरुवासँगै मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा डिआइजी ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा डिआइजी सानुराम भट्टराईलाई पठाइएको छ भने त्यहाँ कार्यरत डिआइजी ओम रानालाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा तानिएको छ ।
गृह मन्त्रालयका अनुसार प्रहरी सङ्गठनको कार्यसम्पादनलाई प्रभावकारी बनाउन र प्रशासनिक आवश्यकताअनुसार सरुवा निर्णय गरिएको हो ।