सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली बजारमा बुधवार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।
मङ्गलवार तोलामा एक हजार चार सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधवार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको जनाएको छ । मङ्गलवार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । चाँदी मङ्गलवार तोलामा चार हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भएको थियो । तर चाँदी बुधवार चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आज मङ्गलवारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔंस ४ हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।