×

वीरगञ्ज। पेट्रोलियम डिलर एशोसिएशनको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ।

कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका नवनिर्वाचित अध्यक्ष विश्वप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने निवर्तमान अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दास विशेष अतिथिका रूपमा उपस्थित थिए।

अधिवेशनबाट विनोदकुमार चौरसिया अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यसैगरी मजिद मियाँ वरिष्ठ उपाध्यक्ष, प्रदीपकुमार पटेल उपाध्यक्ष, रवीन्द्र यादव महासचिव, मनीष मिश्र सचिव, पुरुषोत्तमकुमार गुप्ता सहसचिव तथा रामबाबू चौहान कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले पेट्रोलियम व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण, आपसी समन्वय र क्षेत्रको समग्र विकासका लागि सक्रिय रूपमा काम गर्ने बताएका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले पेट्रोलियम व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

Back to top