×

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३ बुद्धनगरस्थित सडकखण्डबाट प्रहरीले ४ किलो ४५० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 22 R 9158 नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

प्रहरीले मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ४ किलो ४५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।

घटनामा मोटरसाइकल चालक भारतको बिहार प्रदेश, पश्चिमी चम्पारण निवासी २२ वर्षीय रुपेश कुमारलाई नियन्त्रणमा लिइएको छ। बरामद गाँजा तथा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका युवकविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

Back to top