वीरगन्ज ११ चैत वीरगन्जमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच (आईसीपी) चौकी र सिर्सिया सुख्खा बन्दरगाहबीचको साँघुरो सडक बिस्तार गर्न सरकारले मुआब्जा वितरण थालेको छ । हुलाकी सडकअन्तर्गतको १ हजार १ सय मिटर सडक खण्ड छेउका जग्गाधनीले मुआब्जा बुझ्न थालेपछि सडक बिस्तारको काम अगाडि बढाइएको छ । आईसीपी निर्माणको अन्तिम चरणमा रहेको र एक/दुई महिनाभित्रै प्रयोगमा आउने भएपछि त्यहाँ पुग्ने सडकलाई चौडा गर्न लागिएको हो । व्यापारिक मार्ग बिस्तार योजना वीरगन्ज–पथलैया सडक कार्यालयका इन्जिनियर अशोककुमार राय यादवका अनुसार सडक खण्ड छेउका जग्गाधनीले मुआब्जा प्राप्तिका लागि आवश्यक प्रक्रिया समेत सुरु गरिसकेको छ ।