×

बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ३७ वर्षीय कुशवाहालाई आइतबार अदालतको अनुमति आदेश तथा यसअघि जारी भएको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार २०८३ साल वैशाख १७ गते जारी भएको पक्राउ पुर्जी र अदालतको अनुमति आदेशअनुसार इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बैराठपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।

पक्राउ परेका वडाध्यक्ष कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिएका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Back to top