×

वीरगंज वैसाख १३ - भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको जनकपुरमा हुने अभिनन्दनलाइ भब्यबनाउन संघीय समाजवादी फोरम नेपाल सक्रिय भएको छ ।

संघिय समाजवादी फोरम नेपाल पर्साको बिहिबार बसेको बैठकले वैशाख २८ गते प्रदेश राजधानी जनकपुरमा हुने मोदीको भ्रमणलाई सफल बनाउन जनपरिचालन समिती गठन गरेको हो ।

संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम सांसद प्रदिप यादवको संयोजकत्वमा बसेको बैठकले ५ सय १ सदसीय जन परिचालन समिती गठन गरेको छ । बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई भव्यरुपमा स्वागतका लागी पर्साबाट व्यापक जनसहभागीता गराउन निर्णय गरेको हो ।

सांसद यादवले भारतीय प्रधानमन्त्रीको भ्रमणले सदियौ देखी नेपाल र भारत विच रहदै आएको रोटी बेटीको समबन्धलाई अझ प्रगाढ बनाउन फलदायी हुने बताए । सांसद यादवले देश र मधेशको विकाशका लागी भारतको सहयोग अपरीहार्य रहेको बताउदै यस क्षेत्रको विकाशका लागी पनि यो भ्रमण उपलब्धी मुलक हुने विश्वास व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणकै बेला जनकपुर आउने कुराले यस क्षेत्रका विकाश प्रेमीजन्तामा उत्पन्न भएको ठुलो आशा पछि निराशामा परिणत गरेको थियो ।तर उनको अभिनन्दन र भाषण सुन्न आतुर मधेसवासीमाझ भ्रमणको घोषणाले ठुलो आशाा जगाएको नेता यादवको भनाइ रहेको थियो ।भ्रमणले निराशालाई आशामा परिणत गर्ने विश्वास लिइएको बताउदै उहाले पर्सा सहित मधेशको सबै जिल्लाहरुबाट व्यापक जनताको सहभागी हुने बैठकले अपिल समेत गरेको छ ।

जिल्ला समन्वय समितीको कार्यालयमा सम्पन्न भएको बैठकमा समन्वय समितीका पर्सा सभापति नेक महमद अंसारी , उपाध्यक्ष सुन्दर कुर्मी , पार्टी प्रवक्ता रामनरेश यादव , सचिव नागेन्द्र यादव, कोषाध्यक्ष रबि वर्णवाल , जिल्ला सदस्य मुस्तकीम हवारी , पार्टीका युवा नेता अमोद यादव , इश्वरचन्द यादव तथा विभिन्न भातृ संगठनका जिल्ला पदाधिकारी लगाएतका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

Back to top