×

अहिलेको सेल्पीको युगमा टिनेजरहरुहरुको रोजाईको केन्द्र आर्दशनगरको मुटुमा अवस्तीत ठाकुर राम बहुमुखी क्याम्पस यस क्याम्सको वाउन्डरीमा प्रवेश गर्ने वितिकै मुल गेटको उत्तर तर्फमा सप्तरंगी फुलबारी छ । प्रायः टिनेजरहरु सँग भरिभराउ रहने यो ठाउँलाई हेर्दा क्याम्पस अहिले पनि सबैको माया केन्द्र नै हो ।

लमसम १४ विगहामा फैलिएको विरगंजको यो धरोहर देशकै पहिलो आंगिक क्याम्पस हो कुनै बेला भारतको पटना युनिर्भसिटीबाट संचालित यो क्याम्पस टियु भन्दा पनि जेठो हो भनी त्यहा अध्यापन गराउने प्रध्यापक ज्यूहरु खुबै डिन्ग हान्ने गर्दछन् । वर्तमान अवस्थामा ठाकुर राम बहुमुखी क्याम्पस कुसल प्रसाशक र प्रशिक्षित लिडरको समन्वयकारी भुमिकाबाट विकासको र्पखाईमा छ । केही पक्षहरुको सहयोग बेगर यो क्याम्पसको विकास असम्भव छ नागरिक समाज,राजनितिक दल,क्याम्पस प्रसाशन,विद्यार्थी नेता,कर्मचारी,प्रध्यापक र आपसी सम्झदारी र सदभाव अहम भुमिका छ ।

क्याम्पसका प्रध्यापकहरुको आपसी किचिलो र कर्मचारीहरुको स्वार्थका कारण केही विद्यार्थी नेताहरु अस्त्रको रुपमा प्रयोग भएको देखिन्छ त्यका प्रत्यक्ष प्रमाण हामी पनि हो जानी जानी अदृशय लाभको लागि हामी विद्यार्थी नेताहरु प्रयोग भएको कयौ तस्वीरहरु अहिले अगाडी आउँछ खैर त्यसको आत्मआलोचना गर्ने दिन अहिले महसुस भएको छ र हामी जस्तै तपाई नयाँ विद्यार्थी साथीहरुलाई प्रयोग नहुन आग्रह गर्दछु ।

विद्यार्थी नेताहरु प्रयोग कसरी हुन्छ त्यसका केही नजिरहरु प्रध्यापको आन्तरिक स्वार्थ जस्तै राजेको विभागर,कमाइ हुने शाखा र विद्यार्थी नपढाई पैसा पाउने सक्ने ठाउँ त्यसको लागि उसले आफ्नो संगठनको विद्यार्थी नेताहरुको माध्यमले ताल्चा लगाउन लगाउने त्यसका लागि क्याम्पसका केही लुपहोलहरु पत्ता लगाई राख्ने र त्यसको माध्यमबाट विभिन्न तस्वीरहरु आफ्नो संगठन नजिकका विद्यार्थी नेताको जमघट गरी लोभ लालचका कुराहरु गरी झगडा लगाउने गरेको हुन्छ त्यसबाट विधार्थी साथीहरु सचेत हुन जरुरी छ ।

अर्को तिर कर्मचारीहरुको आफ्नो निहित स्वार्थ पुरा नहुदाँ तिनीहरुको प्रयोग अस्त्र नै विद्यार्थी नेताहरु र विद्यार्थी नेताहरु फेरी पाउने केही होइन मात्र केही छापाखानामा आफ्ना तस्वीर र एक कप चिया र वाह वाही मात्र हामीहरुलाई त्यस पछाडीका स्वार्थहरु के छन त्यो थाहा हुदैन र हाम्रो स्कुलीन्ग पनि क्याम्पसमा तोडफोड नगरी नेता बन्न सकिदैनबाट हुन्छ हामीलाई पनि त्यही स्कुलीन्ग थाहा थियो तर पछि विस्तारै थाहा हुदै जादै हामी आफनै सम्पती नस्ट गरिरहेको महसुस भयो त्यसरी नै तपाईहरु नयाँ विद्यार्थी नेता साथीहरु तपाईहरु पनि सधै त्यस क्याम्पसमा रहिरहने होइन तपाईहरु पनि आफ्नो परिवारीक जिवन यापनमा जानुहुनेछ तसर्थ कसैको प्रयोगको अस्त्र नबन्नु चेत आवोस ।

क्याम्पसमा हुने विकास निमार्ण,क्याम्पसमा हुने नियुक्ति सरुवा बढुवा विद्यार्थी नेताहरुको खोजविनको विषय होइन भए पनि त्यका लागि सम्बन्धित निकाय संग सम्मन्वय गर्ने अख्तियार दुरुपयोग आयोग छ स्थानिय प्रसाशन छ त्यसलाई हामी आग्रंह गर्न सक्छौ। हाम्रो विषय नियमित कक्षा संचालन भयो कि भएन,अनावश्य शुल्क त लिइएनन?,शुल्क बृद्धि बैज्ञानिक तरिकाबाट भएको छ कि छैन ? विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधा नियमित छ की छैन?,छात्रावासमा विद्यार्थीको नियमित सेवा सुविधा छ कि छैन? नियुक्ति सरुवा बढवा त्यहाका पेशागत संगठनहरुको जिम्मेवारी हो त्यहाँका सवै प्रध्यापकहरु आफ्ना स्वार्थका निमित्त मिलेको देखेका छौ । विरोध पनि गर्ने तर क्याम्पसमा तालाबन्दी,तोडफोड गरेर होइन गल्ती गर्ने कर्मचारी वा प्रध्यापकहरुलाई घेराउ गरेर आफ्ना माँगहरु पुरा गर्न लगाउनु पर्छ ।

आज ठाकुररामलाई वाहिरबाट हेरेर अभिभावकहरु क्याम्पस प्रति नकारात्मक तस्वीर बनाएका छ कारण आज गरिवको छोराछोरी पनि चर्कोै शुल्क तिरेर आफ्ना बालबच्चा प्राइभेट तिर पढाउन लागेका छन कारण हामीले हाम्रो क्याम्पलाई बदनाम गरेका छौ । अव हामी हाम्रो क्याम्पसलाई तालाबन्दी रहित बनाउने छौ भन्ने प्रण गर्न सबै त्यहाका पुवृ विद्यार्थी नेता र वर्तमान नेताहरुले कसम खान जरुरी देखिन्छ साथै सामुहिक डिलिगेसनको माध्यबाट यस क्याम्पको विकास प्रति ध्यनदिन जरुरी देखिन्छ ।

लेखक पुर्व विद्यार्थी राजनीतिज्ञ हुन्।

Back to top