×

वीरगञ्ज १७ कात्तिक । नेपाली कांग्रेसको सखुवापर्सौनी गाउँपालिका एकाई कमिटिका सभापति मोहन महतो थारुको निधन भएको छ ।

लामो समयदेखी मुटु सम्बन्धि रोगबाट पिडित थारुको सोमबार बिहान ७१ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको हो । उनको आजै सखुवा प्रसौनी गाउन्पालिका वडा नम्बर २ प्रसौनीस्थति आर्यघाटमा हिन्दु धर्म संस्कृतिका अनुसार अन्त्येष्टि गरिएको पार्ट्रीका जिल्ला सदस्य शैलेन्द्र यादवले जानकारी दिए । 

कांग्रेस नेता थारुको राजनीतिक तथा समाजिक क्षेत्रमा अतुलनीय योगदान रहेको छ । उनले ग्रामिण क्षेत्रबाट राजतन्त्र विरुद्धको आन्दोलनमा खेलेको भूमिका र यस क्षेत्रको विकासमा पुर्‍याएको योगदान सधै स्मरणीय रहने नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले बताए । 

थारुको अन्त्येष्टि प्रदेश सभासदय शंकर चौधरी, कांग्रेसकका नेता चन्द्रकिशोर चौधरी, युगेश्वर यादव, अर्जुन चौधरी लगायतका नेताहरुले पार्टीकाे झन्डा ओढाएर उनलाई अन्तिम बिदाइ दिएका थिए । 

Back to top