×

वीरगञ्ज २४ कत्तिक । वीरगञ्ज माहानगरपालिका वडा नम्बर २७ जसौलीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । 

ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ३ नगरदाहाका १३ वर्षीय विवेक यादवको मृत्यु भएको हो ।

लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गर्दा ट्रयाक्टर पल्टेपछि दुर्घटना भएको थियो । जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी उदयपुर घुर्मीका प्रहरी सहायक निरिक्षक मुनिलाल राउतले बताए ।

दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए । चालक भने दुर्घटना पछि फरार भएका छन् ।

बालकको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाईएको राउतले बताए । फरार चालकको खोजि चलिरहेको छ ।

Back to top