पर्सा २६ कात्तिक । पर्साको पटेर्वासुगौली गाउँपालिकामा दीपावली र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ स्थति गुदरबाबाको मन्दिरमा नेपाल शिक्षक संघ पटेर्वासुगौली गाउँपालिका ईकाइ कमिटीद्वारा आयोइत दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आरदानप्रदान कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले समाजिक, धर्मिक, सांस्कृतिक परम्पकार अनुरुप दिपावली र छठ पर्व मनाउन सबैलाई आग्रह गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष ममता महतोले बालबालिकाहरु जीवन सुधार गर्न शिक्षकले खेल्ने भूमिका अभिभावन भन्दापनि ठुलो भएको बताउँदै सबैलाई शिक्षकहरुको सम्मान गर्न आग्रह गरिन । उनले दीपावली र छठ पर्वलाई कोरोनाभाइरस महामारीले असरको कारण सुरक्षित रहेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परिवारसँग रहेर पर्व मनाउन आग्रह गरिन ।
त्यसैगरी गाउँपालिकाका युवा नेता चन्द्रकिशोर प्रसाद चौधरीले समाज र देश विकासका लागि शिक्षा,स स्वास्थ्य र कृषिमा सुधारको आवश्यक्त रहेको औल्याए । उनले देश निर्माण गर्न्ने भोलिको कर्णाधारहरुलाई अगाडी बढाउने र शिक्षित बनाउने जिम्मा शिक्षकहरुले लिएको कारणपनि शिक्षकहरुको समाजमा धेरै महत्व हुने बताए ।
नेपाल शिक्षक संघ पटेर्वासुगौली गाउँपालिका ईकाइ कमिटीका संयोजक हरिराज यादवको शभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका जेष्ठ नागरिक प्रमेश्वर गौरोले प्रमुख आथित्य गरेका थिए ।
कार्यक्रममा युवा नेता चन्द्रकिशोरप्रसाद चौधरी, आदिवासी जनजाति केन्द्रिय सदस्य दिनेश चौधरी, नेपाल रेडक्रस सोसाइटी पर्सा उपाध्यक्ष भगवाती चौधरी, नेपाली काङ्ग्रेस क्षेत्र नमार ३ (क) का संयोजक सुलेमान मियाँ दर्जी, नेपाल शिक्ष महासंघ जिल्ला अध्यक्ष तिर्थराज यादव, शिक्षक संघ जिल्ला अध्यक्ष प्रदिप जैसवाल, वडा अध्यक्ष माधव राउत, विजय गैरे, शिक्षक सुभाष दास थारु, किसान संघ जिल्ला अध्यक्ष असरफी साह र शिक्षक महासंघसँग आवद्ध शिक्षक, राजनीतिज्ञहरुले शुभकाना मन्तव्य राखेका थिए ।