×

सांकेतिक तस्विर ।

वीरगञ्ज ३० कात्तिक । पर्साको बहुदरमाई नगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

बहुदरमाई नगरपालिका वडा नम्बर ८ स्थति रामनगरीमा गएराति आगलगी हुदा १५ वर्षीय मना कुमारी साहको मृत्यु भएको हो ।

दिपावली मनाउँन बालिएको दियाेले मनबाेध साहकाे फुसकाे घरमा आगलगी भएको थियो । त्यही आगलागिमा परेर उनको छोरी मनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकाे युवतीकाे शव पाेष्टमार्टमकाे लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताए ।

राती १० बजेकाे करिबमा भएकाे आगलगीले घरमा रहेकाे लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरकाे क्षति समेत भएकाे पिडित मनबोध साहले जानकारी दिए ।

स्थानियहरुका अनुसार आगलगी भएकाे घर नजिकै एउटा अझै मनवाेधकाे कंची (खप्डा) घर रहेकाे छ । कंची घरमा सुितरहेकाे मनवाेधका परिवारका अन्य सदस्यहरु बांच्न सफल भएका छन् ।

फुसकाे घरमा आगलगी भएकाे हल्ला भएपछि कंची घरमा सुति रहेकाे व्यक्तिहरु थाह पाए लग्तै निस्केका थिए । तर आगलगी भएकाे फुसकाे घरमा एकलै सुति रहेकी मना निस्कन नसकेपछि मृत्यु भएकाे स्थानियहरुकाे भनाई छ ।  

आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीकाे सहयाेगमा स्थानियहरु आधि घण्टा पछि आगाे निभाउन सफल भएका थिए ।  

Back to top