×

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको सम्पूर्ण वडाका बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धि सचेतनामुलक तालिम दिएइएको छ ।

स्थानीय बल शक्ति क्लबको आयोजनामा भएको तालिमको आइतबार एक कार्यक्रम बीच समापन गरिएको थियो ।

तालिममा गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका बालबालिकाहरुलाई विभिन्न प्रशिक्षकहरुले नेपाल सरकारबाट बालबालिकाहरुले पाएको अधिकार, स्थानीय तहहरुबाट उनीहरुले प्रात्प गर्न सक्ने सुविधा, बाल सहभागिता, बालबालिका बचाउँ, लैङ्गिक हिँसा र भेदभाव नियुनिकरणलगायतका विषयहरुमा प्रशिक्षण दिएइएको थियो ।

बालबालिकाहरुले तालिममा शिक्षाको महत्व र शिक्षालाई प्रयोग गरेर संसारमा ल्याउँन सकिने परिवर्तनका बारेमा जानकारी पाएका थिए ।

उनीहरुलाई बाल अधिकारविद् दामोदर यादव र राजकुमार महतोले प्रशिक्षण दिनुभएको आयोजक संस्थाले जनाएको छ । 

गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Back to top