×

फाइल तस्बिर

वीरगञ्ज, १५ असार । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले प्रतिबन्धित ४० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिरांग गाउँपालिका वडा नम्बर ५ नवासी बिरबहादुर प्रजा र सोनालाल प्रजालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमवार राति २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुईजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

उनीहरुमाथी आवश्यक लागुऔषध कसुरसम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 
 

Back to top