×

फाइल तस्बिर

वीरगञ्ज, १९ असार ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा शुक्रवार राति आगलागी हुँदा ३ लाखभन्दा बढी मूल्यको क्षति भएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट शुक्रवार राति लगभग १० बजेतिर आगलागी हुँदा स्थानीय बृजकिशोर यादवको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै ३ वटा चौपायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीका अनुसार आगलागीमा परी २ वटा चौपाय घाइते भएका छन् । आगोलाई करिब ३ घण्टापछी स्थानीयले नियन्त्रणमा लिएका थिए ।

विगत ३ दिनदेखिको लगातार वर्षाका कारण बाटो अवरुद्ध हुँदा दमकल जान नसकेको प्रहरीले जनाएको छ । 
 

Back to top