×

वीरगञ्ज, २५ मंसिर । हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने प्रभात काब्य यात्रा आज सम्पन्न भएको छ । साहित्यीक गतिविधिलाई निरन्तरता दिने र नवपुस्तालाई साहित्यतर्फ प्रेरीत गर्ने अभिप्रायले प्रभात काब्य यात्रा आयोजना हुँदै आएको छ ।

साहित्यीक भलाकुसारी गर्न हरेक महिनाको अन्तिम शनिवार फरक फरक स्थानमा साहित्यीक अनुरागी एवम् साहित्यकारहरुको जमघट हुने गरेको छ । आज भोजपुरी प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा १० जनाले आआफ्नो सृजना प्रस्तुत गरेका थिए ।

आजको प्रभात काब्य यात्रामा रितेश त्रिपाठी, गीता भण्डारी, सुरेश बिडारी, अशोक कुश्वाह, प्रिया मिश्र, अजमत अली अन्सारी, ऋतु राज, शोभाकान्त झा, बिमला गुप्ता, सूर्यनारायण वि.क. (शुभचिन्तक) लगायतले कविता, मुक्तक, गीत, गजल लगायतका रचनाहरु प्रस्तुत गरेका थिए ।

प्रभात काब्य यात्राको अर्काे अंक पुष २४ गते वीरगञ्जको रानिघाटस्थित यात्रा डेलीको कार्यालयमा हुनेछ । 


 

Back to top