×

वीरगञ्ज, ४ पुष ।  पर्साको सखुवाप्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको विषय विवादित बन्दा आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । 

कार्तिक २४ गते बसेको सखुवाप्रसौनी गाउँपालिकाको गाउँसभाबाट तहगत सिनियर अहेब छैँठो तहका अधिकृत राजेश प्रसाद रौनियारलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिन संघिय मामिला तथा प्रशासन मन्त्रालयमा माग गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालसहित ३ वटा वडाअध्यक्षबाहेक उपाध्यक्ष चौधरीसहित अन्य २० जना जनप्रतिनीधिहरुले निमित्तको जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले बताईन् ।

तर गाउँपालिका अध्यक्ष जैसवालले बाराको सिम्रौनगढ नगरपालिका जनस्वास्थ्य निरीक्षक भोजेन्द्र प्रसाद चौधरीलाई सखुवाप्रसौनीमा समायोजन गरी बोलाएपछि विवाद उत्पन्न भएको हो । 
तहगत तथा सिनियरको आधारमा कार्यन्वयन नभएको भनी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजकसमेत रहेका रौनियारले सर्वोच्च अदालत काठमाडौंमा उत्प्रेषण मुद्धा दर्ता गराए । 

मंसिर १९ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासको निर्णयअनुसार यस मुद्धाको विषयमा फैसला नभएसम्म संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले  प्रसाशाकीय अधिकृतको जिमेवारी दिने विषयमा मन्त्रालयले मिति २०७८ मंसिर २२ गते गरेको  निर्णय कार्यन्वयन नगरी यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली २०७४को नियम ४९ (२)ख बमोजिम अल्पकालीन अन्तरिम आदेश जारि गरिएको आदेश पत्रमा उलेख रहेको छ  । 

हाल सखुवा प्रसौनी गाउ पालिका अध्यक्ष प्रदीपकुमार जयसवालले गाउ पालिकाको वडा नं १ ,२ र  ६ का वडा अध्यक्ष लगाएतको सहमतिबाट  जन स्वास्थ निरीक्षक तह पद भएका भोजेन्द्र कुमार चौधरीलाई संघीय मामिला तथा प्रसाशन मन्त्रालयबाट प्रशासकीय अधिकृतको जिमेवारी दिने पत्र लिएर आएको थिए । 

समायोजन भइ आएका चौधरीलाइ वडा नम्बर,३ सवास्थ्य चौकी कौवाबन कटैयामा जन स्वास्थ्य निरिक्षक पदमा राखी केही दीन पछी गाउँपालिका अध्यक्ष जैसवालले भदौ २२ गते भोजेन्द्र कुमार चौधरीलाइ निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सुम्पिएका थिए । 

निबेदक राजेस कुमार रौनियारको भनाइ अनुसार गाउँपालिकाको ३३ जना सदस्य भएपनी अरु सदस्यहरुलाइ जानकारी नदिई कार्यपालिकाका १४ जना सदस्यरुको सहमतिमा चौधरीलाइ प्रमुख प्रशासकिय अधिकृत बनाएको बताए । गाउँपालिकाको  सो  पत्रको आधारमा जन स्वास्थ्य निरीक्षक चौधरीले पालिकाको प्रमुख प्रसासकिय अधिकृतको काम गर्दै आएका थिए । उक्त विवादपछि अदालतको आदेशअनुसार प्रमुख प्रशासकिय अधिकृतको काम कारवाही कसले गर्ने भन्ने अन्यौलता भएपछि गाउँपालकाको लेखा सम्बन्धी तथा आर्थिक एवम् प्रशासनिक कामकाज प्रभावित भएको गाउँपालिकाका लेखापाल सुमन साहले जानकारी दिए ।
 

Back to top