×

विक्रमपवन परियार

चाेरहरूकाे हुलिया बदलिएकाे छ

हाेसियार !

काेही मास्क लगाएर गाउँ पसे

काेही मास्क लगाएर सिंहदरबार छिरे

चलाख सिपाहीहरू पनि अन्याेलमा छन् यतिबेला ।

बाध्यता यतिसम्म छ कि !

कहिले झुक्किएर सलाम गर्छन्

कहिले झुक्किएर लगाम बन्छन्

सैनिक चलाख छन् तर अन्याेल छन् यतिबेला ।

गाउँ पसेका चाेरहरू

गाउँमा काँक्राे चाेर्छन्

घिरौला  चाेर्छन्

फर्सी चाेर्छन्

बाख्रा चाेर्छन्

कुखुरा चाेर्छन् ।

सहरका चाेरहरू

कालाे सिसा भित्र थुनिएर हिँड्छन्

हेर्दै चाेर्न मिल्ने बिजुलीकाे तार

अहिले सहरका चाेरहरू मजदुर किसानभन्दा पनि

भयंकर धनी छन्

विहान उठ्छन् चाेरेकै लालदन्त मन्जनले दाँत माझ्छन्

चाेरेकै स्याम्पुले नुहाउँछन् ।

सहरका चाेरहरू

जुत्ता चाेर्न्छन्

माेजा चाेर्छन्

टिभी चाेर्छन्

बैँक लुट्छन्

भन्सार छिर्छन् र कमिसन लिन्छन्

मतपेटिका चाेर्छन्

र अन्तिममा नेता बन्छन् र देश चलाउँछन् ।

नारीहरू त्यतिबेला  अन्याेलमा पर्छन्

जब बलात्कारीहरू साधु बन्छन्

देश त्यतिबेला शंकटमा पर्छ

जब चाेरहरू नेता बन्छन्

जनताहरू त्यतिबेला युद्धकाे तयारी गर्छन्

जब देशमा चाेरहरूकाे सरकार बन्छ ।

 

 

Back to top