×

वीरगञ्ज, १५ माघ ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ ओझैया प्रसौनीस्थित १६ कट्ठा सुर्ती खेतमा लगाइएको गाँजा प्रहरीले फँडानी गरेको छ ।

सुर्ती खेतीमा प्रतिबन्धित गाँजा खेती फस्टाउँदै गएको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले गाँजा फँडानी गरेको हो । प्रमुख प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फँडानी गरेको गाँजाको बोट स्थानीय र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

एक साता अघि पनि पर्साको जगरनाथपु गाउँपालिका वडा नम्बर २ सुपुरबाट ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले नै १५ कट्ठा क्षेत्रफल जग्गामा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट गरेको थियो । 

गाँजा खेती गरिएको सुर्ति खेत कसको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 

Back to top