मुक्तक
सँधैभरी तिमीलाई नै ध्यान, दिन सक्छु
अनि आफुले जानेजति ज्ञान, दिन सक्छु ।
तिमी मात्र एक पटक, मागेर त हेर प्रिय
मा कसम तिम्रो लागि ज्यान, दिन सक्छु ।।
पत्थर नभइ फुल, बनि दिए हुन्थ्यो
चोखो माया सँगै मन, पनि दिए हुन्थ्यो ।
मेरो पवित्र मायालाइ, अस्वीकार गर्नुको कारण
म मा के कमी छ हजुर, भनि दिए हुन्थ्यो ।।
सँधैभरी तिम्रै भलो, चिताउदै छु हेर
आफु हारी तिमीलाइ, जिताउँदै छु हेर ।
प्राणभन्दा बेसि माया गरे भन्न सकिन
आज एकहोरो यादमा जिवन विताउदै छु हेर ।।
पिरतीमा बादल लाग्ने दम, भाको छैन
तिमीप्रतिको माया अँझै कम, भाको छैन ।
अँझै पनि म तिमीलाई, त्यति नै माया गर्छु
तिमीलाई पाउने आश अँझै खतम, भाको छैन ।।
तिमीलाई उठाई आफु तल गिरेर देखाउँथे
अनि तिम्रै मुटुको कुनामा छिरेर देखाउँथे ।
मैले तिमीलाई कति माया गर्छु भन्ने कुरा
हनुमान भएको भए छाती चिरेर देखाउँथे ।।
सम्झनाले शरीरमा बल हुँदैन कुनै
याद आउने समस्याको हल हुँदैन कुनै ।
बरू आफुले आफैलाई बिर्सि दिन सक्छु
तर तिमीलाई नसम्झेको पल हुँदेन कुनै ।।