×

प्रभावकर तिमल्सिना :

छिट्टै अब यो त्यो भन्ने जात हराउँछन् । 
जस्तो नयाँ पालुवा अघि पात हराउँछन् ।। 

तिमीले फेसबुकमा एउटा फोटो राखेपछि ।
यता कल्पनामा मेरा कयौँ रात हराउँछन् ।। 

आइ लभ यु नभनुन्जेल हो मस्किएर बोल्ने ।
त्यति भनेपछि त बोल्ने सबै बात हराउँछन् ।। 

सराबको नशा त यसै बदनाम छ बजारमा ।
तिम्रो जवानीले शराबको पनि मात हराउँछन् ।। 

तिमीले खोजे जति भाउ मैले दिइसकेको छु ।
बिचार गर त्यो भाउको पनि औकात हराउँछन् ।।
 

Back to top