×

माफि चाहन्छु हिन्दी सब्द सापट लिएकोमा । नेपाली शब्द कोषमा बाजिगर शब्द पाउन सकिन। हिन्दी फिल्म बाजिगर मा शाहरुख खान ले बोलेको सम्बाद यहाँ उल्लेख गर्न चाहे, “जित कर भि हारने वालाको बाजिगर कहते है । 

प्रसँग नेपाली कांग्रेसको चौधौ महाधिवेसनमा डा. शेखर कोइरालाले सभापतिका उम्मेदवारको रुपमा प्राप्त गरेको मतपरिणामले वहाँलाई बाजिगर भन्दा फरक नपर्ला । कार्यकर्ता पन्क्तीले वहाँलाई दिएको मत वास्तवमै युगान्तकारी छ भन्दा पनि  फरक नपर्ला ।  

पहिलो चरणको मत पारीणाम अनुसार शेर बहादुर देउबाले २,२५८ (४८%) जबकी कोइराले प्राप्त गरेको मत १,७०६ (३८%) र अरु उम्मेदवारहरु ( प्रकाश मान सिंह, विमलेन्द्र निधी, र कल्याण गुरुङ) नगन्य जस्तै मत प्राप्त गरे। दोश्रो चरणको चुनावमा वहाँका आफ्नै भाई , बहिनी , प्रकाश मान, विमलेन्द्र निधी र राम चन्द्र पौडेलले सहयोग गरेनन ।  डा. शसान्क कोइराला र राम चन्द्र पौडेल तटस्थ बसेकोले र सुजाता कोइराला प्रकाश मान को कितामा टासिन्न गएकोले मत परीणाम देउवाको पक्षमा गयो । 

दोश्रो मतपरिणाममा पनि शेखर कोइररालाले १०० मत जोडन सफल भए। देउवाले प्राप्त गरेको मत ४६२३ मत मध्ये देउवाले  २,७३३ ( ५९%) र कोइरालाले १,८५५ ((४०% भन्दा माथि ). कुनै ठुलो पदिय हसियतमा नबसिकन( मात्र केन्द्रिय सदस्य) यत्रो मत प्राप्त गर्नु चानचुने कुरा पक्कै होइन । 

नेपाली कांग्रेसलाई नयाँ आयाम दिन र कान्लाबाट झर्न लागेको यसको शाखलाई बचाउने अवसरबाट देशले एउटा सुनौलो अवसर गुमायो भन्दा फरक नपर्ला । मनि, मसल र मुसुलुन्डेहरुको बल जोडले देउवा दलको झन बलियो सभापति त भए तर जनतालाई यिनिबाट केही नै अपेक्षा छैन । लोकतन्त्रलाई राजाको पाउमा बुझाउने यिनलाई जनताले कहाँ विर्सेका छन र ।  

डा. शेखर कहाँ चुके ? 

१. गुरु घिमिरे को हारमा कोइराला परिवारदोषी हुनु ।

२. हिजोका कोइराला परिवारका सहयोगिहरुलाई समेट्न नसक्नु  । 

३. ५ बर्ष अघिको व्यवहाँरमा अझै पनि केही तुष बाँकी हुनु ।

४. भिम पराजुली , अमृत अर्याल,  जस्ता हिजोका कोइराला परिवारका अती नजिकका भाईसाथिहरुलाई नजिक ल्याउन नसक्नु साथै  आफ्ना जिल्लाका रमेश  जङ रायमाझी का कित्ताका भाईसाथिहरुलाई बेवास्ता गर्नु, पर्सा जिल्लाका अजय चौरसिया, रमेश रिजाल जस्ता कोइराला ईत्तरका साथीहरुको मन जित्न नस्क्नु।  

५. आफ्ना भाई बहिनिलाई मिलाउन नसक्नु  । यि मध्ये पनि बुन्दा न. १ र ४ सबै भन्दा महत्वपूर्ण कारण बन्यो कि भन्ने यो स्तम्भकारलाई लागेको , म गलत पनि हुन सक्छु। यि सब कुरा त समिक्षाका बिषयहरु भए जुना कुरा वहाँ आँफैले सहर्श स्विकार गर्नु भको छ जुन वहाँको राम्रो विशेषता हो ।

भुषण दाहालले लिएको एउटा टेलेभिजन अन्तर्वार्तामा डा. शेखर भन्नु हुन्छ, “ मैले मेरो भाई बहिनी को मन जित्न सकिन छु , यो मेरो कमजोरी नै भयो साथै अरुलाई पनि मैले मिलाउन सकिन । तर वहाँले एउटा भाउक कुरा हासी हासी भन्नु भएको छ, “ शायद मेरो बुवालाई बि. पि. ले लेखेको चिट्ठी मेरा भाई बहिनी हरुले पढेन छन कि क्या हो“ ? वहाँ फेरी थप्नुहुन्छ , “ अब ४ वर्ष पछी हुने महाअधिवेसनको लागि मैले अहिले भन्दा बढी मेहनत गर्नु छ,“ । यदी डा.। शेखर कोइराला बिपी पुत्र मात्र भईदिएको भए वहाँले सजिलै चुनाव जित्नु हुने थियो । जे होस् वहाँको मेहनत र जुझारुपनको हामीले मुक्तकन्ठले प्रसन्सा गर्नै पर्छ । वहाँ बाजिगर नै हो । 
   
यदी डा.। शेखर कोइराला बिपी पुत्र मात्र भईदिएको भए वहाँले सजिलै चुनाव जित्नु हुने थियो । जे होस् वहाँको मेहनत र जुझारुपनको हामीले मुक्तकन्ठले प्रसन्सा गर्नै पर्छ । वहाँ बाजिगर नै हो । २०७८ मङ्सिर २९ गतेको कान्तिपुर राष्ट्रिय पत्रीकाको पृष्ठ २ मा शेखरकोइरालाको बारेमा यसरी लेखिएको छ,“ सभापतिमा पराजय भए पनि शेखर कोइराला देउवाबिरोधी शक्तिलाई सन्तुलनमा राख्ने र कोइराला परिवारको विरासत थाम्ने भूमिकामा आइपुगेका छन“।

चुनावको जितले मात्र एउटा नेता , नेता कहलिदैन पराजित हुँदा पनि एउटा नयाँ आयाम थपेर पनि नेताका रुपमा उदाउछन। डा.। शेखर कोइरालाको यो बाजिगरीलाई नेपाली राजनीतिक ईतिहासले सधैं सम्झी रहने छ। विरासत थेग्ने नेताका रुपमा उनको आगमनलाई हामीले लिनै पर्छ। चुनावको नतिजा जे आए पनि अब कोइराला परिवारको राजनीतिक विरासत केशब कोइराला का पुत्रको पोल्टामा  पुगेको छ भन्दा कुनै अत्तिशयोक्ती नहोला ।

कान्तिपुरका सन्वाददाता ऋृषिराम पौड्याल लेख्छन, “ पार्टी सभापतिको रस्साकस्सिमा बिपिका पुत्र शशान्क मौन बसे। गिरिजाप्रशाद कोइरालाकी छोरी सुजाताले नेता सिंहको समुहबाट उपसभापतीमा उम्मेदवार दिईन । अर्थात उनिहरुले आँफैले नेत्रित्व गर्ने वा परिवारका सदस्य शेखरलाई जिताउने भूमिका देखाएनन। उनिहरु दुबैले महाधिवेशनमा निर्वाह भूमिकाले कोइराला परिवारको राजनीतिक विरासत पनि अब स्वाभाविक रुपमा शेखरमा जोडीएको छ“। चुनावको पारीणामले स्पस्टरुपमा अब देउवा–कोइराला समुह बनेको छ। र त्यसको नेत्रित्वमा शेखर रहने परिस्थिती बनेको छ। निर्वाचनमा आएको मतका आधारमा उनिसँग रहेको युवा पन्क्तीको राजनीति पनि यही समुहसँग जोडीएको छ। शशान्कमा देखेको विचलित वैचारिक क्षमत्ता र ढुलमुले नितिले पनि कोइराला परिवारको राजनीतिक विरासत स्वतःः शेखर कोइरालामा सरेको विश्लेषण राजनीतिक व्रित्तमा छ।

राजनीतिक विश्लेषक हरी शर्मा भन्नुहुन्छ, “ शेखर कोइराला कुनै विरासतबाट नभई आफ्नै मिहिनेतले नेताका रुपमा स्थापित भएका हुन। उनी अरु थप्छन, “ विरासतबाट हुने भए सुजाता र शशान्क किन  पेंडुलम हुने थिए। लोकतन्त्रमा विरासतबाट नेता हुने दिन गए अब जसको ज्वलन्त उदाहरण विमलेन्द्र निधी, प्रकाशमान, सुजात र शशान्कको अवस्थालाई लिन सकिन्छ। गिरिजा र बिपिका छोराछोरी नै आफ्नो अस्तित्व समाप्त हुने गरी अन्य समुहमा विलाय भएको ठम्याइ धेरैको छ। शेर बहादुर देउवा दुबैको राजनीतिक बिडोलाई समाप्त पार्न सफल भए , शेर बहादुरको यो सफलता ले शेखरको नयाँ ढोकालाई खोल्न पनि बाटो बनाइ दियो।

अर्का राजनीतिक विश्लेषक पुनरन्जन आचार्य भन्नुहुन्छ,“ कोँग्रेसमा परिवर्तन गर्ने स्पस्ट अह्वान ले नै शेखर लाई यो अभुतपुर्व सफलता हात लागेको हो। परिवर्तनको उथ्कट चाहना हुनेहरुले नै उनको समर्थन गरिएको देखिन्छ। उनी अरु थप्छन, “ शेखर न कसैलाई केही दिन सक्ने हैसियतमा थिए न ठुलो पद थियो। सत्ताको आडमा नेत्रित्वले खुद्रा पसल जस्तो बनाएको काङ्रेसलाई पुनर्जागरण गराउने शेखरको नारा अनुमोदन भएको छ। संगठन गर्न पद नै चाहिदैन भनेर शेखरले प्रमाणित नै गरे । युवाहरुको समर्थनमा शेखर परिवर्तनअको वाहककारुपमा शेखरले आफुलाई स्थापित गरेको कुरामा कुनै सन्का गर्ने ठाउँ छैन अब“। 

धेरैको ठम्याइ के हो भने हिजो प्रजातान्त्रिकका पुर्वनेताहरु एकैथलोमा उभिन पुगेका छन। जे जसो टिप्पणी गरे पनि शेखरले भने देउवाले कांग्रेसलाई गलत बाटो हिडाउन खोजेको भन्दै नेत्रित्व परिवर्तनको आफ्नो अडान छाडेनन , उनी अडानमा टिकीरहने नेताको रुपमापनी अफुलाई स्थापित गर्न सफल भए। हामीले विगत २ वर्ष देखिको उनले दिएका बिभिन्न अन्तर्वार्तामा पाउछौ कि उनको कहनी र कथानी मा कुनै फरक पाईदैन । नेतामा हुने यो विस्मयकारी विशेषता हो ।

केहीले जुनियर भनी लगाएको ट्याग्लाई पनि उनले छिचोलेर गगन थापा , धन राज गुरुङ जस्ता युवाहरुको अभिभावकत्व लिने अवस्थामा आज शेखर पुग्न  सफल भएका छन। गगन थापा ,  विस्व प्रकाश र धन राज गुरुङ जस्ता युवाहरुको पन्क्तीले आउँदा दिनमा कस्तो निती अङ्गीकार गर्दै जाने हो त्यसले पनि कांग्रेसको भावी रणनितीलाई उजागर गर्ने छ। उनिहरुको नेत्रित्वमा भएको हस्तक्षेपले  देशै भरी एउटा नयाँ तरङ को सुत्रपात चाँही पक्कै गरेको छ। 
 

यसपालिको महाअधिवेशनले कांग्रेसमा नयाँ अनुहार उल्लेख्य रुपमा उजागर भएका छन जो आँफैमा एउटा सबल पक्ष हो । 
यस्तो बन्यो नेपाली कांग्रेसको १३४ सदस्यीय नयाँ कमिटी (सूचीसहित)। ( स्रोत अन्नपूर्ण पोस्ट, २०७८–०९–०८)  
केन्द्रीय सदस्यको नामावली

पदाधिकारी

सभापति – शेरबहादुर देउवा

उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

केन्द्रीय सदस्यः शेखर कोइराला

केन्द्रीय सदस्यहरू

खुलातर्फ (३५ जना)

शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ (९ जना)

डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

आदिवासी जनजाति (७ महिलासहित १५ जना)

चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

खस आर्य (६ महिलासहित १३ जना)

केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

दलिततर्फ (४ महिलासहित ९ जना)

मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

मधेशीतर्फ (४ महिलासहित ९ जना)

अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

थारूतर्फ (२ महिलासहित ४ जना)

रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

मुस्लिमतर्फ (१ महिलासहित ३ जना)

अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

अल्पसंख्यकतर्फ (१ जना)

प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ (१ जना)

मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ (१ जना)

अर्जुनबहादुर सिंह

हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

प्रदेश १ः अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू

प्रदेश २ः रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

बागमतीः राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी

गण्डकीः ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी

लुम्बिनीः देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का

कर्णालीः कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह

सुदूरपश्चिमः यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

नोटः  सभापतिले  ३३ जना मनोनित गर्न पाउछन , केही मनोनित भईसके केही अझै बाँकी छन।
अन्त्यमा, शेखर कोइरालाको चमत्कारीपूर्ण  उदयलाई राजनीतिक ईतिहासमा सुनौलो अक्षरले कुदिने छ । विजय  मात्र हुनु  नेता होइन ,उपविजेता भएर पनि कार्यकर्ताको मन , मुटु र मस्तिष्कमा आफ्नो विम्बलाई स्थापित गर्नु नेत्रित्वको ठुलो उपलब्धी हो। बधाई छ डा.। कोइरालालाई र आउँदा दिन अझै चुनौतिपूर्ण छन भन्ने कुरालाई नविर्सौ , ४०% मत को घमण्ड र उन्मादले फेरी कुनै विचलन आउने काम यहाँबाट नहोस्। राष्ट्र, राष्ट्रियता र सार्वाभौमसत्ता को हितमा काम गर्न यहाँ लाई सधैं कालिमाइले आशिर्वाद दिउन। यही शुभकामना छ यो स्तम्भकारको  यहाँलाई । 

“ जीतकर हार्नेवाला कोही बाजिगर कहते है,’ जुन यहाँले प्रमाणित गरिदिनु भयो।

Back to top