सांकेतिक तस्बिर
वीरगञ्ज, २६ फागुन । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा माछा मार्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकवनिया निवासी श्याम खड्काको नाममा रहेको माछा पोखरिमा माछा मार्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय एकटाङ्गाले जनाएको छ ।
श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय औराहामा अध्ययनरत स्थानीय सुरेन्द्र महतोकी १६ वर्षिय छोरी अर्चना कुमारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
अर्चना खाजा समयपछि घरमा पुगेर ४ जना साथीसँग माछा मार्न पोखरिमा गएकी थिइन् । माछा मार्दा खुट्टा चिप्लिएर पोखरिमा पसेपछि डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।
किशोरीको शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भईरहेको छ ।