×

वीरगञ्ज, २८ फागुन । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आगलगी भएको छ ।

पटेर्वासुगौली-२ को रङ्गपुरटाडीमा अवस्थित हरी प्रसाद रिजालको गोठमा लामखुट्टे धपाउन बालिएको धुप सल्किएर भएको आगलागिबा गोठ नष्ट हुनुका साथै चौपायाहरु मरेका छन् । 

आगलागीबाट ३ वटा बाख्रा, एउटा गाई र एउटा गाईको पाठोसमेत मरेको प्रहरी चौकी रङ्गपुरले जनाएको छ । 

रङ्गपुरका प्रहरी सहायक निरीक्षक सरफलाल यादवका अनुसार गएराति साढे १० बजे लागेको आगो बारुण यन्त्र, स्थानिय र प्रहरीको सहयोगमा राती १२ बजे आगो नियन्त्रणमा आएको थियो । 

आगलगीमा अन्दाजी ९ लाख बराबरको क्षती भएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिए ।

Back to top