×

फाइल tतस्विर ।

वीरगञ्ज, २८ फागुन ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट अवैध सालको काठसहित १ जनालाई गस्ति टोलीले पक्राउ गरेको छ ।

सब डिभिजन बन कार्यालय रङ्गपुर टाडीका सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ति टोलीले काठ तस्करी गरेर फर्निचरमा लैँजादै गरेको अवस्थामा काठसहित तस्करलाई पक्राउ गरेको हो ।

ना. १७ प ७१२८ नम्बरको मोटरसाइकलमा सालको २ थान चिरान काठ लैँजादै गरेको अवस्थामा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी दिनेश साहलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय रङ्गपुरका सहायक बन अधिकृत यादवले जानकारी दिए । 
 

Back to top