वीरगञ्ज २४ चैत । चैती छठ पर्वको तेश्रो दिन बिहीबार साँझ अस्ताउदो सूर्यको अर्घ दिएर पुजाआजा गरी धुमधामका साथ मनाइयो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अघ्र्य दिई यो पर्व सम्पन्न हुनेछ ।
छठ पर्वमा व्रतालुहरुले पानीमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेवको आरधना गर्छन् ।
कार्तिकमा हुने छठको तुलनामा कम सहभागिता भएपनि पछिल्ला केहि वर्ष यता चैती छठ पर्वमा पनि भव्य सजावट तथा व्रतालुको संख्या बढ्दै गएको छ ।
वीरगञ्ज र पर्सा जिल्लाको ग्रामिण भेगमा समेत चैते छठमा भव्य तयारी गरिएको छ ।
विभिन्न स्थानमा रहेको पोखरी र नदी जस्ता जलाशयहरु छठका निम्ति आकर्षक ढंगले सिंगारिएका छन् ।
वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, राधेमाईटोल, नगवा, श्रीपुर, मुडली र छपकैयाको जलासय तथा नदी किनारमा भव्यताका साथ चैती छठ मनाइदै छ ।
ब्रतालुहरु घरबाट बिशेष पुजाआजाका साथ पुजाको सामाग्री छैठीमा राखी टाउकोमा बोकेर नजिकको घाटमा पुगी छैठी माताको पुजा गर्ने गर्छन् घाटमा गई अस्ताउन लागेको सूर्य देवतालाई नरिवलको अघ्र्य दिनका साथै भोलीपल्ट बिहान उदाउदो सूर्यलाई यसरी नै अघ्र्य दिएर यो ब्रत समाप्त गरि तीन दिनको लामो उपवास तोडेर ब्रतालुहरु परना गर्ने छन् ।
छठ पर्व आस्था र विश्वासका साथ गर्नाले सम्पुर्ण मनोकामना पुरा हुने छठ ब्रतालुहरुको विश्वास छ ।