×

वीरगञ्ज ४ बैशाख । वीरगञ्जमा रूँगटा वेलफेयर सोसाइटीद्वारा आयोजनामा  नौ दिने श्रीराम कथा प्रवचन शुरू भएको छ । 

नगर सभागृहमा आयोजित कार्यक्रममा भारतीय सन्त विजय कौशलजी महाराजको समूहले श्रीराम कथा वाचन तथा प्रवचन गरिरहेको छ ।

चैत २९ गते देखि बैशाख ७ गते सम्म चल्ने प्रवचन कार्यक्रम अपराह्न ४ देखि साँझ ७ बजेसम्म आयोजना भइरहेको छ । 

वृन्दावन निवासी सन्त कौशलजी महाराज यसअघि पाँच वर्ष पहिला सन् २०१७ मा वीरगञ्जमा रूँगटा वेलफेयर सोसाइटीकै आयोजनामा अदर्शनगरमा भएको कथा प्रवचन कार्यक्रमको लागि आएका थिए ।

उनको कथा प्रवचनमा दैनिक ७ सय देखि ८ सयजना श्रद्धालु भक्तजनको सहभागिता हुने गरेको रूँगटाले बताए ।

Back to top